Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

‘शेयर बजारको नियामक निकायको क्षमता सुधार्न जरुरी छ’

‘शेयर बजारको नियामक निकायको क्षमता सुधार्न जरुरी छ’


  • 1.8K
    Shares

    ‘शेयर बजारको नियामक निकायको क्षमता सुधार्न जरुरी छ’
    images

    काठमाडौँ । धितोपत्र बजारलाई थप व्यवस्थित र मर्यादित बनाउन कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र नियामकीय क्षमताको सुधारमा जोड दिइएको छ ।

    अर्थ समितिको आजको बैठकमा सांसदहरूले बजारको स्थायित्वका लागि विद्यमान नीति तथा नियमको कार्यान्वयन, समसामयिक सुधार तथा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।

    समितिको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद बर्षमान पुनले शेयर बजार उकालो लागेपनि नियामक निकायको भूमिकामाथि आम मानिसको प्रश्न रहेको बताए । उनले पूँजी बजारमा स्वच्छ कारोबार र आवश्यक व्यवस्थापनका लागि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्नेमा जोड दिए । 

    समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले शेयर बजार मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको भएपनि त्यसलाई लिएर गलत प्रचार गरिएको गुनासो गरे । 

    धितोपत्र बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुक्ष्म निगरानी गर्नुपर्ने डा।महतको भनाइ छ । 

    सांसद मेटमणि चौधरीले धेरैको लगानी रहेको धितोपत्र बजारमा कमजोर कम्पनीको शेयर मूल्यमा देखिएको अस्वाभाविक वृद्धिको खोजी गर्नुपर्ने बताए । 

    बैठकमा सांसदहरू सूर्य थापा, जुलीकुमारी महतो, नारायणी शर्मा, छिरिङ लामालगायतले बजारको स्थायित्वका सन्दर्भमा नियामक निकायले विशेष ध्यान दिनुपर्ने बताए । बजारको क्षमता विस्तारका लागि बोर्डको भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ थियो ।

    बैठकमा बोर्डको अध्यक्षको भूमिकासमेतमा रहनुभएका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले बोर्डको क्षमता वृद्धिका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गरे । उनले बजारको हल्लाका पछाडि लागेर शेयर बजारमा लगानी गर्न नहुने बताए ।

    धितोपत्र बजारसम्बन्धी सूचना सबै क्षेत्रमा पुर्‍याउन नसकिएका कारण कतिपय अवस्थामा साना लगानीकर्ता मर्कामा पर्न सक्ने भएकाले ध्यान दिन उनले आग्रह गरे । बरालले चालु आवको मौद्रिक नीतिले गरेको  सहजीकरणका कारण बजार उकालो लागेको बताए । 

    प्रकाशित मिति :श्रावण २५ २०८१ शुक्रवार - ०६:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij