२०८२ भाद्र २ गते सोमवार
धनगढी । कैलालीको धनगढी–अत्तरीया ६ लेन सडक खण्डमा शनिबार राति डरलाग्दो दुर्घटना भएको छ ।
६ लेन सडकमा तीव्र गतिमा हुइँकिरहेको ना ५ ख ४१६ नम्बरको सार्वजनिक बस एक्कासी सडक किनारको घरमा पुगेर ठोक्किएको छ ।
तीव्र गतिका कारण अनियन्त्रित भएको बस धनगढीको मिलनचोकस्थित सडक किनारको घरमा गएर ठोक्किएको हो । तीब्र गतिको बस ठोक्किएपछि सडक किनारको घरको भित्ता भत्किएको छ । यस्तै, बस पनि क्षतिग्रस्त भएको छ ।
दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले जानकारी दिए ।
प्रहरीले बसका चालक डोटीको जोरायल गाउँपालिका घर भएका २२ वर्षीय मानबहादुर डाँगीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij