२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नव गायक शंकर श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । दुबईस्थित क्लब स्काइ सेभेनमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठको ‘आदत’ बोलको गीत सार्वजनिक गरिएको हो ।
‘आदत’ नेपाल आइडल सिजन–५ का विजेता करण परियारले दुबईमा प्रिमियर गरेका हुन् ।
प्रहिल कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा भ्वाइस अफ नेपाल सिजन–१ का विजेता सिडी विजय अधिकारीको शब्द तथा संगीत रहेको छ । भने गीता ढुंगाना,सुमन सिन्ग्देन तामाङ र गायक आफै फिचर्डमा उत्रेका छन् । गीतमा उत्तम हुमागाईंको छायाँकन र माधव बेल्वासेले सम्पादन गरेका हुन् ।
माया प्रेमको भाव झल्कने गीतको भिडियो क्रियटिभ आवर प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियो भने नेपालमै छायाँकन गरिएको हो ।
लामो समयदेखि यूएईमा व्यवसाय गर्दै आएका सफल व्यवसायी तथा गायक शंकर श्रेष्ठले यसअघि पनि केही गीतहरु सांगीतिक बजारमा ल्याइ सकेका छन् । ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमिक्स भर्सनमा पनि श्रेष्ठकै स्वर रहेको छ ।
गीत निर्माणमा सबैले सकेको मिहिनेत गरेको बताउँदै गायक श्रेष्ठले गीत उत्कृष्ट बनेकोले दर्शक स्रोताले भरपुर आनन्द लिनेमा आफू विश्वसत रहेको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij