Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रशासनको लिकेज टाल्दै लक्ष्य अनुसारको राजश्व उठाउँछु : अर्थमन्त्री पौडेल

प्रशासनको लिकेज टाल्दै लक्ष्य अनुसारको राजश्व उठाउँछु : अर्थमन्त्री पौडेल


  • 1.8K
    Shares

    प्रशासनको लिकेज टाल्दै लक्ष्य अनुसारको राजश्व उठाउँछु : अर्थमन्त्री पौडेल
    images

    काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन् । 

    मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग सिंहदबरमा भएको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले पुँजीबजार अर्थतन्त्रको ऐना भएको भन्दै सरकारले पुँजी बजारलाई अनुशासित, मर्यादित, पारदर्शी ढंगले अगाडि बढाउन चाहेको बताए । ‘पुँजीबजारको विकासका सन्दर्भमा हामीले पारदर्शी परिपक्क ढंगले यो बजारको विषयमा ध्यान दिनुपर्छ । कुनैपनि लगानीकर्ताको लगानी नडुबोस् भन्ने कुरामा विशेष होसियार हुनुपर्छ।’ उनले भने, इन्साइडर ट्रेडिङ, कर्नररिङ, मिडिया क्याम्पिन, सोसल मिडिया लगायत कुराले कुनैपनि लगानीकर्ता पिडित नबनुन् भन्ने मेरो मान्यता छ । यसमा होसियार पनि छु ।’

    अर्थमन्त्री पौडेलले लामो समयदेखि रोकिएको नेपाल धितोपत्र बोर्ड नियुक्तिको प्रक्रियासमेत छिट्टै अगाडि बढ्ने बताए । उनले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया कानुनसम्मत र पारदर्शी ढंगले योग्य पात्र हुने छनोट गरिने प्रतिबद्धता समेत व्यक्त गरे । ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया यति जटिल बन्न हुँदैनथ्यो । सहज ढंगबाट नियुक्ति प्रक्रिया अगाडि बढ्नुपर्थ्यो । म आइपुग्दा यो गन्जागोल अवस्थाबाट गुज्रिएको थियो । अनिर्णयको अवस्थामा रहेको मैले पाएको छु । कानुनसम्मत, पारदर्शी ढंगले योग्य अध्यक्षको छनोट हुनुपर्छ र हुन्छ भन्ने विश्वास म यहाँहरूलाई दिलाउन चाहन्छु’ उनले भने  ।

    अब यो गन्जागोलको अवस्था लामो समयसम्म नरहने र छिटोभन्दा छिटो बोर्डले नयाँ अध्यक्ष पाउने उनले बताए  ।

    प्रकाशित मिति :श्रावण २३ २०८१ बुधवार - ०६:५६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij