Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सुदूरपश्चिममा एमालेले पुरानै मन्त्रीहरुलाई दोहोर्‍याउने

सुदूरपश्चिममा एमालेले पुरानै मन्त्रीहरुलाई दोहोर्‍याउने


  • 2.5K
    Shares

    सुदूरपश्चिममा एमालेले पुरानै मन्त्रीहरुलाई दोहोर्‍याउने

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मन्त्रीकाे नाम टुंगाे लगाएकाे छ । एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएकाे एक नेताले बताए ।

    यसबारे आधिकारिक निर्णय भने सोमबार दिउँसो २ बजे बस्ने संसदीय दलकाे बैठकले गर्नेछ । एमालेले मन्त्री बनाउन लागेका प्रदेश सभा सदस्यहरू यसअघि दीर्घबहादुर साेडारी नेतृत्वकाे सरकारमा सहभागी थिए ।

    सुदूरपश्चिममा एमालेले भाैतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा काननु मन्त्रालय लिने सहमति भएको एक नेताले बताए ।

    नेपाली कांग्रेसले आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय तथा नागरिक उन्मुक्ति पार्टीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिने सहमति भइसकेकाे छ ।

    सोमबार दिउँसो साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गर्दैछन् । सोमबार नै उनले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

     

    प्रकाशित मिति :श्रावण २१ २०८१ सोमवार - १३:४८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij