Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

वाणिज्य बैंकहरूले कमाए ६४ अर्ब १५ करोड नाफा, कुन बैंकको कति ?

वाणिज्य बैंकहरूले कमाए ६४ अर्ब १५ करोड नाफा, कुन बैंकको कति ?


  • 2.9K
    Shares

    • images
    वाणिज्य बैंकहरूले कमाए ६४ अर्ब १५ करोड  नाफा, कुन बैंकको कति ?
    images

    काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड रुपियाँभन्दा बढी खुद नाफा कमाएका छन् ।  बैंकहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सो नाफा कमाएको देखिएको हो ।

    बैंकहरुको यो नाफा अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा १३.४० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

    गत आवमा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बनेको छ । समीक्षा अवधिमा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

    यस अवधिमा सर्वाधिक नाफा वृद्धि भने प्रभु बैंकको देखिएको छ । बैंकको नाफा गत आवको चौथो त्रैमाससम्म १४९९.०४ प्रतिशत वृद्धि भएको छ ।  साथै, कुमारी बैंकको खुद नाफा ३४५.६७ प्रतिशत, प्राइम कमर्सियल बैंकको २६७.१९ प्रतिशत र कृषि विकास बैंकको १७६.२३ प्रतिशतले बढेको छ । 

    समीक्षा अवधिमा १० वाणिज्य बैंकको खुद नाफा भने घटेको छ । नाफा घट्ने बैंकहरूमा एनआईसी एशिया बैंकको सर्वाधिक ६८.९१ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल बैंकको ५१.८० प्रतिशत र सिटिजन्स बैंकको खुद नाफा करिब २८ प्रतिशतले घटेको छ ।

    सबैभन्दा कम नाफा कमाउने बैंक माछापुच्छ्रे बैंक रहेको छ । यस बैंकले आफ्नो चौथो त्रैमासिकसम्म कुल १ अर्ब २५ करोड १ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

    सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको नाफा डेढ अर्बभन्दा कम छ भने नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ।

    कुन बैंकको नाफा कति ?

    Capture.JPG

     

    प्रकाशित मिति :श्रावण २१ २०८१ सोमवार - १२:३३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij