२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । सामाजिक सञ्जालदेखि स्थानीय जनताको समेत व्यापक दबाबपछि सिन्धुपाल्चोकको बलेफी गा.पा. वार्ड नं. -६, मलेखेत, जालबारी, कात्तिकेटोलमा व्यवस्थित ढुङ्गेधारा निर्माण भएको छ ।
स्थानीय समाजसेवी नारायण चौलागाईंको अगुवाइमा बनेको सो धारा निर्माणमा वडाको तर्फबाट तीन लाख रूपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष गङ्गाबहादुर तामाङले अवगत गराए । सक्रिय युवाहरूको ऊर्जाशील भावनालाई आगामी दिनमा पनि सम्बोधन गर्ने उनले बताए ।
यसअघि भूकम्प पीडितलाई जस्तापाता वितरण गरी पुनर्निर्माणमा सहयोगी बन्ने मात्र नभई स्वास्थ्य चौकी निर्माण र बर्थिङ सेन्टरमा विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका स्थानीय युवा राजु शर्मा चौलागाईं लगायतका युवाहरूले पहलकदमी लिएकाले बिनाहिचकिचाहट धारा पुनर्निर्माण गर्न आफू राजी भएको तामाङको स्वीकारोक्ति थियो ।
स्थानीयवासीका अनुसार पुनःनिर्मित धाराबाट झन्डै सय घरधुरी स्थानीय जनता लाभान्वित हुने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij