Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, आज ठ्याक्कै डेढ लाखमा कारोबार

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, आज ठ्याक्कै डेढ लाखमा कारोबार


  • 3.0K
    Shares

    सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, आज ठ्याक्कै डेढ लाखमा कारोबार

    काठमाडौं ।  साताको दोस्रो दिन सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएर कीर्तिमान कायम राखेको छ।

    आइतबारको तुलनामा सोमबार सुनमा तोलाको तीन सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार सोमबार (आज) छापावाल सुन तोलाको ठ्याक्कै एक लाख ५० हजार रुपैयाँ पुगेको हो। आइतबार छापावाल सुन तोलाको १ लाख ४९ हजार सात सय रुपैयाँ थियो।

    सुनको मूल्यमा फेरबदल आए पनि चाँदीको मूल्य भने स्थिर छ। महासंघका अनुसार सोमबार चाँदी तोलाको एक हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :श्रावण २१ २०८१ सोमवार - १०:१९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij