Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बिवाइडीका गाडी किन्नेलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा दिने

बिवाइडीका गाडी किन्नेलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा दिने


  • 1.8K
    Shares

    बिवाइडीका गाडी किन्नेलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा दिने

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच बिवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । 

    नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको हो ।

    समझदारी पत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार बीवाइडीका सबै मोडेलहरूको खरिदका लागि एनआईएमबीले ८० प्रतिशतसम्म कर्जा दिनेछ । 

    बीवाइडीका गाडी किन्न इच्छुक ग्राहकले एनआईएमबीका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन् ।

    बैंकका अनुसार योग्य ग्राहकका लागि तीन कार्यदिनभित्र कर्जा उपलब्ध गराउने छ । बैंकले बीवाइडीका गाडीहरूका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा ऋण उपलब्ध गराउनेछ ।

    प्रकाशित मिति :श्रावण २१ २०८१ सोमवार - ०८:२०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij