Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बेलायतमा हिंसात्मक प्रदर्शन, ९० जनाभन्दा बढी पक्राउ

बेलायतमा हिंसात्मक प्रदर्शन, ९० जनाभन्दा बढी पक्राउ


  • 1.7K
    Shares

    बेलायतमा हिंसात्मक प्रदर्शन, ९० जनाभन्दा बढी पक्राउ
    images

    अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन्।

    हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टमा पसलहरू लुटिएका थिए भने प्रहरी अधिकारीहरूमाथि आक्रमण गरिएको बीबीसीले जनाएको छ। 

    प्रधानमन्त्री केयर स्टारमरले घृणा फैलाउन खोज्ने चरमपन्थीविरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्। साउथपोर्ट, मर्सिसाइडमा सोमबार टेलर स्विफ्ट थिम पार्टीमा तीन बालिकाको हत्या भएपछि तनाव निकै बढेको छ।

    लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो। कुर्सी प्रहार गर्दा एक प्रहरीको टाउकोमा चोट लागेको छ भने अर्कोलाई लात हानेर बाइकबाट झारिएको थियो।

    मर्सिसाइड प्रहरीले केही प्रहरी घाइते भएको पुष्टि गरेको छ। दुई जना कामदारलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। एक कामदारको नाक भाँचिएको र अर्को कामदारको बङ्गारा भाँचिएको आशंका छ। मर्सिसाइड प्रहरीले २३ जनालाई पक्राउ गरेको जनाएको छ।

    बेलायती प्रधानमन्त्री केयर स्टारमरका प्रवक्ता कियर स्टारमरका अनुसार शनिबार बसेको सरकारी मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार र हिंसा दुई फरक कुरा भएको बताएका थिए। बीबीसी

    प्रकाशित मिति :श्रावण २० २०८१ आइतवार - १०:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij