Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

वाईफाईकाे पासवर्ड शेयर गर्न नमान्दा श्रीमानले गरे श्रीमतीकाे हत्या

वाईफाईकाे पासवर्ड शेयर गर्न नमान्दा श्रीमानले गरे श्रीमतीकाे हत्या


  • 2.0K
    Shares

    वाईफाईकाे पासवर्ड शेयर गर्न नमान्दा श्रीमानले गरे श्रीमतीकाे हत्या
    images

    छिमेकी देश भारतको हरियाणाको रोहतकमा वाईफाई शेयर गर्न नमान्दा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

    सूचना पाएर प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेको छ। सोही क्रममा उनलाई अदालतमा हाजिर गरेपछि जेल चलान गरिएको थियो।

    भारतीय मिडिया रिपोर्ट अनुसार, घटनाबारे जानकारी दिँदै बहू अकबरपुर थानाका एसआई जय भगवानले रोहतकको मदिना गाउँमा पतिद्वारा श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको बताए। अनुसन्धानमा आरोपित श्रीमानले रिसाएर घटना गरेको पाइएको उनले जानकारी दिए।

    अजय कुमार साउन ३० गते घरमै मोबाइल चलाउँदै थिए। यसै क्रममा उनको मोबाइलको इन्टरनेट गयो, त्यसपछि उनले श्रीमती रेखालाई मोबाइल हटस्पट अन गर्न भने। तर, यही क्रममा उनकी श्रीमती जनावरको गोबर उठाउँदै थिइन्। त्यसैले आफू व्यस्त रहेको र केही समयपछि गोबर हटाएर हटस्पट खोल्ने बताइन्।

    श्रीमतीको यस्तो जवाफ सुनेर श्रीमान् अजय रिसाए र श्रीमती रेखामाथि धारिलो हतियार प्रहार गरेका थिए।

    आक्रमणबाट श्रीमती गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको थियो। अनुसन्धान सुरु गर्दा रेखाको धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको थियो। त्यसपछि प्रहरीले छापा मारेर फरार रहेका आरोपी श्रीमानलाई मदिना गाउँबाटै पक्राउ गरेको थियो।

    प्रकाशित मिति :श्रावण १८ २०८१ शुक्रवार - १४:२९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij