Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

देशभरका शैक्षिक संस्था बन्द हुँदा हुम्लाको नाम्खामा नियमित पठनपाठन

देशभरका शैक्षिक संस्था बन्द हुँदा हुम्लाको नाम्खामा नियमित पठनपाठन


  • 11.1K
    Shares

    देशभरका शैक्षिक संस्था बन्द हुँदा हुम्लाको नाम्खामा नियमित पठनपाठन

    हुम्ला । बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ ।

    तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सञ्चालनमा राख्ने जनाएको हो । तुँवालोको प्रभाव खासै नदेखिएपछि पठनपाठन जारी राख्ने निर्णयमा गाउँपालिका पुगेको गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताउनुभयो ।

    प्रदूषणको प्रभाव नभएपछि विद्यालय बन्द नगरी पढाइ सञ्चालनमा राख्न गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयलाई निर्देशन दिएको थियो । नाम्खा गाउँपालिकामा एउटा माध्यमिक र १५ आधारभूत विद्यालय रहेका छन् ।

    कोरोना कहरको लामो समयपछि गत फागुन १ गतेबाट गाउँपालिकाका विद्यालयमा पठनपाठन शुरु भएको थियो । यता सोही गाउँपालिका–६ को लिमीका दुईवटा विद्यालयमा भने कोरोना कहरको समयमा समेत नियमित पठनपाठन जारी थियो । रासस

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - ११:५७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij