Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

विमानमा एक दम्पतीबिच झगडा भएपछि...

विमानमा एक दम्पतीबिच झगडा भएपछि...


  • 5.5K
    Shares

    विमानमा एक दम्पतीबिच झगडा भएपछि...
    images

    काठमाडौं । आयरल्याण्डबाट स्पेनका लागि उडेको ‘एर लिङ्गस’ वायुसेवा कम्पनीको विमानमा दम्पतीबिच झगडा भएपछि आकस्मिक अवतरण गराउनु परेको छ ।

    गत शुक्रबार आयरल्याण्डको डब्लिनबाट स्पेनको मल्लारोका जान लागेको विमानभित्र दम्पतीले चर्को विवादका साथै हिंस्रक झगडा गरेको बताइएको छ ।

    चालक दलका सदस्यले झगडा साम्य गर्न नसकेपछि आपतकालीन अवस्था घोषणा गरी उक्त विमानलाई फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराउनु परेको जनाइएको छ ।

    आकस्मिक अवतरणपछि स्थानीय सुरक्षाकर्मीले विमानमा झगडामा संलग्न पुरुषलाई नियन्त्रणमा लिएको समाचार एजेन्सीहरूले जनाएका छन् । महिलाको अनुहारमा भने केही चोट रहेकाले प्राथमिक उपचार गराइएको छ ।

    सो घटनाका कारण विमान आफ्नो निर्धारित यात्रामा करिब दुई घण्टा ढिलो भएको थियो ।

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - १५:२०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij