Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेशनल लाइफको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा

नेशनल लाइफको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 2.0K
    Shares

    नेशनल लाइफको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । 

    कम्पनीका संस्थापक शेयरधनी दिवश विक्रम शाहले आफ्नो स्वामित्वमा रहेको शेयर विक्री गर्न इच्छा राखी कम्पनीमा निवेदन दिएअनुसार कम्पनीले शाहको नाममा रहेको शेयर विक्रीमा राखेको हो ।

    कम्पनीले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

    सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्री गरिने शेयरको मूल्य नियमानुसार हुने प्रचलित मूल्य भन्दा कम नहुने कम्पनीले जनाएको छ ।

    कम्पनीले तोकेको उक्त समयावधि भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेमा सो शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री गरिने कम्पनीको भनाई छ ।

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - ०९:१५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij