Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

हिमालयन लाइफको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा

हिमालयन लाइफको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा


  • 2.0K
    Shares

    हिमालयन लाइफको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा
    images

    काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक शेयरधनी म्युचल ट्रेडिङ कम्पनीको नाममा रहेको २ लाख २८ हजार ६७८ कित्ता र हिमालयन एक्जिमको नाममा रहेको २ लाख २७ हजार ८५५ कित्ता गरी कुल ४ लाख ५६ हजार ५३३ कित्ता शेयर बिक्रीमा राखिएको हो। 

    यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवदेन दिन सक्नेछन्।

    शेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुले कम्पनीको कानुन विभागमा निवेदन दिनुपर्नेछ।

    तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन परेको खण्डमा अन्य खरिदकर्तालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - ०८:१८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij