Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

नेताहरूको यमपूजा गरेका खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन

नेताहरूको यमपूजा गरेका खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन


  • 2.0K
    Shares

    नेताहरूको  यमपूजा गरेका खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। खतिवडाको तर्फबाट आवास अधिकारीले  हिजो सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् । 

    जिल्ला प्रहरी परिसर काठमाडौँले साउन १४ गते खतिवडालाई नियन्त्रणमा लिइएको थियो । जिल्ला अदालतबाट म्याद समेत थप भएपछि रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको हो । 

    उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको थियो ।  उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए। उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ। 

    उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो । केही दिनअघि खतिवडाले फेसबुकमा भिडिओ राख्दै अनुष्ठान गर्ने बताएका थिए। 

    ‘देशमा खाल्डोमा हाल्ने नेताहरू छन्, उनीहरूको फोटोसहित राखेर यमराजको पूजा गर्ने निर्णय गरेको छु,’ उनले भनेका थिए । यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल मार्फत गलत कार्य गरेकाले पक्राउ गरिरहेको भनिएको तर उनलाई राज्यले नियतवश नियन्त्रणमा लिएर गैरकानुनी थुनामा राखेको जिकिर रिटमा गरिएको छ।

    प्रकाशित मिति :श्रावण १६ २०८१ बुधवार - १०:२४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij