Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता 

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता 


  • 7.7K
    Shares

    मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता 

    हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्ताव फिर्ता भएको  छ । माधव झलनाथ समूहले अविश्वासको प्रस्ताव फिर्ता लिएको हो ।

    फागुन २३ गते सर्वोच्च अदालतले गरेको निर्णयसँगै राजनीतिक अवस्था परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाईएको छ ।

    प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एमाले नेता अरुण नेपालले मंगलबार प्रस्ताव फिर्ता लिएको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएको जानकारी दिए ।  

    तत्कालीन नेकपामा विवाद चुलिएका बेला प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० मा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । प्रस्तावमा ४५ जना सदस्यले हस्ताक्षर गरेका थिए । उक्त समूहले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १०:४८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij