Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

‘गुण्डा’ माननीयको सेतो गञ्जी !

‘गुण्डा’ माननीयको सेतो गञ्जी !


  • 4.1K
    Shares

    ‘गुण्डा’ माननीयको सेतो गञ्जी !
    images

    ‘गञ्जीमा मन्त्री, भने– रक्सि खाएर जाउ !’ एकजना माननीय आफ्नो कार्यकक्षमा गञ्जीमा देखा परेपछि छापा र पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा समाचार र अनेक कोणबाट टिप्पणी अनि आलोचनाहरू आए । ‘गुण्डा’ पृष्ठभूमिबाट आएका उनको चरित्रमा सुधार नभएको भन्ने टिप्पणीहरूले राम्रै स्थान पाए । बहस गरमबाट नरम भएपनि चर्चा सेलाएको छैन ।

    राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभा, अदालत र चोरबाटोबाट बनेकाहरूसमेतलाई गणनामा राख्ने हो भने हामीले अहिलेसम्म हजार जना जति ‘माननीय’हरूलाई पालेर राखेका छौं । तीमध्ये कोही हत्या, कोही बलात्कार, कोही अपरहण र धम्कीजस्ता मुद्दा बोकेर कि त अदालत धाइरहेका छन् कि त शक्तिकेन्द्रको आडमा आफ्ना त्यस्ता काला कर्तुतहरूलाई छिपाएर बसेका छन् ।

    जनताको सेवामा बिताउनुपर्ने जनप्रतिनिधिले ज्यूँदै मान्छेलाई भट्टीमा पोलेको दुनियाँलाई थाहा छ । बलात्कारको मुद्दामा न्यायाधिश थुनामा रहेको घटनाबाट हामी बेखबर छैनौं । गिट्टी, बालुवा र काठ अनि जडीबुटीको दोहन गरेर गुण्डा पाल्ने, तीनै गुण्डाको परिचालन गरेर चुनाव जित्ने अनि आफूलाई माननीय नभनेकोमा मञ्च नै छोडर हिँडेनेहरू पनि हाम्रो नजरबाट छिपेका छैनन् ।

    सबै कुरा उल्लेख गर्न सम्भव नभएपनि, कमरेड मुछिएका बन्धुबान्धवका चियाका कुरा, दाईभाउजु जोडिएका झा भाईका भुटानी कुरा, सुनील शर्मालाई मेडिकल कलेज खोल्न दिने क्रान्तिकारी कमरेडका कुरा र मा... मु... भाषामा ३ बिसे दश करोड मागिएका कुरा, बिर्सन नहुने र गरिरहनुपर्ने कुरा हुन् । नेताको भेषमा यस्तो लूट दग्दगी मच्चाउने गुण्डाहरू गुण्डाहरू नेताको भेषमा सबैजसो पार्टीमा छन् । नेताको भेषमा देखिएका यस्ता गुण्डाहरूको पृष्ठभूमी नै गुण्डागर्दी र हत्या हो । अनि दिपक मनाङ्गेको मात्रैको के कुरा ? 

    दीपक मनाङ्गे भनिने राजीव गुरुङबारे दुनियाँ जान्दछ । तर उनलाई संरक्षण गर्ने को हुन् ? उनी जुन जुन पार्टीमा प्रवेश गर्न चाहे, ती सबैले ख्वामितको शैलीमा उनलाई स्वागत गरेको धेरै भएको छैन ।

    दीपक मनाङ्गे गुण्डागर्दीकै माध्यमबाट राजनीतिमा आएर जनप्रतिनिधि बने र ६ पटकसम्म मन्त्री बने । गुण्डागर्दीको माध्यमबाट राजनीतिमा आएपनि उनलाई मनाङ्गे जनताले सभासद् बनाए तर कुन बाध्यताले उनलाई राजनीतिक दलहरूले आफ्नो दलमा भित्र्याए ? विभिन्न पार्टीले किन ६÷ ६ पटकसम्म मन्त्री बनाए ? के उनीबारे ती दल बेखबर थिए ? पक्कै थिएनन् । उनी छैटौं पटक मन्त्री बन्दैगर्दा र उनलाई मन्त्री बनाईंदै गर्दा यसअघिको उनको मन्त्रीकालमा उनले गरेका कर्तुतबाट मन्त्री बनाउने बेखबर थिए ? अब, गुण्डा संरक्षण गर्ने दललाई गुण्डा दल भन्न मिल्ने कि नमिल्ने ? गुण्डा संरक्षण गर्नेलाई महागुण्डा भन्न मिल्ने कि नमिल्ने ? हो, त्यसैको परिणाम हो, राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्रीको टेवलमा गञ्जीमा देखिनु । आखिर पुलपुल्याइएका भाईछोरा न परे ।

    आफ्नै कर्तुत र दलहरूको बदमाशीले गर्दा अहिले ‘माननीय’हरूको खास शान र मान समाजमा छैन । माननीयहरू नांगिन थालेको धेरै भयो । उनीहरू कोट पाईन्टमा देखिन्छन् तर देख्नेहरूले तिनीहरूलाई नांगो देख्छन् । कोटपाईन्ट लाएर पनि निर्वस्त्र देखिनुभन्दा बरु दीपक मनाङे जस्तै जस्तो हो त्यस्तै देखिनु सही होइन र ? किनकी उनको सेतो गञ्जीभित्र कालो कर्तुत लुकेको छैन । उनीमाथि हत्या, अपहरण, कुटपिटको आरोप छ, मन्त्री भएर पनि रक्सी खाएर कार्यकक्षमा गएको कुरा छ, छ त सतहमै छ । कमसे कम उनीमाथि औंला ठड्याएर भन्नु परेको छैन : मायाँ तिम्रो कोटले के छेकेको ? छेकेपनि छर्लङ्गै देखेको ! 

    प्रकाशित मिति :श्रावण १६ २०८१ बुधवार - ०६:४१:३० बजे
    प्रतिक्रिया

    उत्तम कुमार श्रेष्ठ

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij