Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अर्कैसँग प्रेममा परेको आशंकामा प्रेमिकाको घाँटी थिची हत्या, प्रेमी पक्राउ

अर्कैसँग प्रेममा परेको आशंकामा प्रेमिकाको घाँटी थिची हत्या, प्रेमी पक्राउ


  • 2.5K
    Shares

    अर्कैसँग प्रेममा परेको आशंकामा प्रेमिकाको घाँटी थिची हत्या,  प्रेमी पक्राउ
    images

    ४६ वर्षीया प्रेमिकाको घाँटी थिचेर हत्या गरेको आरोपमा हङकङमा ४३ वर्षीय इन्जिनियर पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरू दुवै जना एकै कम्पनीमा कार्यरत थिए। गत मंगलबार उनीहरूबीच विवाद भएको थियो।

    यस क्रममा आवेगमा आएका वान उपनामका इन्जिनियरले प्रेमिकाको घाँटी थिच्दा उनको निसास्सिएर मृत्यु भएको देखिएको ताइसिन जिल्ला अपराध शाखा प्रमुख इन्स्पेक्टर चाउचुनले बताए।

    घटनापछि वानले प्रेमिकाको फोनमार्फत उनकै भेषमा कम्पनीका सुपरभाइजरलाई सम्पर्क गरी बिदा मागेका थिए। यसपछि उनले त्यो फोन पानीमा फ्याँकिदिए। महिला धेरै दिनदेखि फ्ल्याटबाट बाहिर ननिस्कएपछि आफन्तले वाह के हाउसका कामदारको सहयोगमा ताला खोलेर हेर्दा उनी ओच्छ्यानमै भेटिएकी थिइन्। आफन्तले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो।

    ओच्छ्यानमै मृत भेटिएकी उनको देब्रे आँखा र घाँटीनेरको हड्डी (कलरबोन)मा चोट लागेको थियो। साथै, अनुहारमा पनि रगतको दाग देखिएको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्टले उनको निसास्सिएर मृत्यु भएको पुष्टि गरिसकेको छ। सीसीटीभी फुटेजको हेरेपछि प्रहरीले दुई जना घटनाको रात सँगै फ्ल्याटमा रहेको निष्कर्ष निकालेको छ।

    वानले अन्य व्यक्तिसँग सम्बन्धमा रहेको आशंकमा आफूले प्रेमिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। जानकार स्रोतका अनुसार घटना घटेको फ्ल्याट महिलाको स्वामित्वमा छ। उनी पहिले विवाहित रहे पनि अहिले सम्बन्ध विच्छेद गरेर एक्लै त्यहाँ बस्ने गरेकी थिइन्। उनका सन्तान छैनन्।

    यता वान भने विवाहित हुन्। उनका बच्चा समेत छन्। कहिलेकाहिँ महिलाको फ्ल्याटमा जाने उनी आफ्नो प्रेमिका तेस्रो व्यक्तिसँग प्रेममा रहेकोमा निकै शंकालु थिए। हत्याको आरोपमा पक्राउ परेका वान हाल हिरासतमा छन्। (द स्ट्यान्डर्ड)

    प्रकाशित मिति :श्रावण १५ २०८१ मंगलवार - १६:०७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij