२०८२ माघ १० गते शनिवार
काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिनका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै साँझ ५ बजेसम्मका लागि सरेको संसद् सचिवालयकी सचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन्।
प्राविधिक कारणले बैठक सरेको उनले बताइन्। साँझ ५ बजेको बैठक शंकर हल, नयाँ बानेश्वरमा बस्नेछ।
प्रधानलाई गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो।
त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो भने उनीविरुद्धका उजुरीमध्ये एक महिलाले आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij