२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १ अर्ब ९३ करोड ६४ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ३६५ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो ।
राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, विकास बैंकमा २९ करोड ४ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा ९ करोड ६८ लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।
आगामी २०७८ बैशाख १ गतेदेखि २०७९ बैशाख १ गतेसम्मका लागि राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा भएको रकम राख्नेछ ।
राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न ११ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ ।
यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले चैत १८ गते दिउसो २ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij