Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रसुवागढी नाकाबाट ६५ अर्बको सामान आयात, १९ अर्बका सवारीसाधन

रसुवागढी नाकाबाट ६५ अर्बको सामान आयात, १९ अर्बका सवारीसाधन


  • 2.0K
    Shares

    रसुवागढी नाकाबाट ६५ अर्बको सामान आयात, १९ अर्बका सवारीसाधन
    images

    रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ ।
           
    आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए । 
             
    निर्याततर्फ भने एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडा समेत एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री छन् । आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिबाना गर्ने गरिएको उनले बताए ।  

    गत आवमा कम परिमाण देखाउने व्यापारीबाट ६१ करोड ६० लाख जरिबाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए । बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए ।

    गत आवमा सात हजार ३७७ चिनियाँ सवारीसाधन आयात भएका थिए । सोमध्ये ३४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए । 
     
    गत वर्ष आयात भएका सवारीसाधनको मूल्य १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्यांकमा उल्लेख छ । आव २०७९/०८० मा एक हजार ७०० मात्र सवारीसाधन आयात भएका थिए । आव २०८०/०८१ को भन्सार शुल्क, जरिबाना, भ्याट समेतको २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार असुल भई राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण १३ २०८१ आइतवार - ०६:३९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij