Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउदी अरेबियामा एक वर्षमा २४ नेपाली गरे आत्महत्या

साउदी अरेबियामा एक वर्षमा २४ नेपाली गरे आत्महत्या


  • 2.3K
    Shares

    साउदी अरेबियामा एक वर्षमा २४ नेपाली गरे आत्महत्या

    साउदी । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपालीले आत्महत्या गरेका  छन्। आत्महत्या गरेका नेपालीहरू प्रायः जसो घरायसी तनाव र मानसिक चिन्तामा रहेको कारण खुलेको छ।

    दूतावास रियादका अनुसार अन्य विविध कारण अन्तर्गत सडक दुर्घटनामा २१ जना, प्राकृतिक घटनामा १०८ जना ,कार्य घटनामा १८ जना, डुबानमा १ जना, हत्यामा २ जना तथा अज्ञात तर्फ १६ जना गरी गत असार २०८० देखि असार २०८१ सम्म मृत्यु हुनेको संख्या १९० जना रहेको जानकारी गरेको छ।

    हाल साउदीमा मदिरा ओसारपसार, सेवन तथा विभिन्न कारणले ६ सय भन्दा बढि नेपाली जेलमा रहेको  छन् भने नेपाली कामदारहरूले विभिन्न कारण देखाई  नेपाली दूतावास रियादमा गुनासो पठाउनेको संख्या बढ्दो रहेको छ। 

    साथै नेपाली दूतावासले नेपालबाट आउने नेपाली कामदारप्रति श्रम सम्झौता अनुसार सेवा सुविधा नदिएका २८ भन्दा बढि मेनपावरलाई काम कारबाहीमा रोक लगाउनुको साथै १ सर ३२ वटा रोजगारदाता कम्पनीलाई ब्ल्याकलिस्टमा राखिएको जानकारी दिइएको छ। 

    कामदार प्रति समस्या समाधानमा ढिलाई गरेको खण्डमा सम्बन्धित मेनपावरहरूलाई समेत ब्ल्याक लिस्टमा राख्ने गरेको जानकारी दिँदै वैदेशिक रोजगारमा आउनुपूर्व सम्बन्धित कामको लागि विभिन्न किसिमको तालिमको आवश्यकता रहनुको साथै हस्पिटालिटी, प्लबर, स्काफोल्डर, ड्राइभर, इलेक्ट्रिसियन , कार्पेन्टर आदि विभिन्न क्षेत्रमा कामदारलाई स्किल टेस्ट गरेर मात्र पठाउन सम्बन्धित मेनपावरलाई आग्रह गरेको छ। 

    साउदीमा विभिन्न कारणले अलपत्र परेका नेपालीहरूको उद्धारमा साउदी सरकारले श्रमिक उद्धारका लागि कानुन व्यवस्था तथा कानुनी उपचारको व्यवस्था गरेको तर अत्यन्तै ढिलो प्रक्रियामुखी, असजिलो सरल पहुँचको अभाव तथा भाषागत जटिलताले गर्दा उद्धार कार्यमा कठिन रहेको पाइन्छ भने मृतक १९० जना मध्येबाट हालसम्म १८४ जनाको शव स्वदेश फिर्ता भइसकेको र अन्य बाँकी ६ जनाको प्रकियामा रहेको जानकारी दूतावासले गरेको छ।

    दूतावासले रोजगारीको शिलशिलामा साउदी अरेबियामा रहँदा आफ्नो कार्य दुर्घटनामा परि घाइते तथा अंगभंग भएका श्रमिकले वा मृत्युवरण गरेका श्रमिकको परिवारले पाउने बिमालाई गोसी भनिने जानकारी समेत गरेको छ। साथै साउदी अरेबियाको विद्यमान श्रम कानुन अनुसार रोजगारदाताले आफ्नो कम्पनीमा काम गर्ने श्रमिकलाई गोसीमा आबद्ध गराउनु पर्ने र हरेक महिनाको तलबबाट दुई प्रतिशतले गोसीमा प्रायोजन हुनुपर्ने व्यवस्था रहेको जानकारी दिएको छ।

    दूतावासका अनुसार कामदारले अनलाइन सिस्टम प्रयोग गर्न आग्रह गदै नेपाली श्रमिकहरूको ज्ञानको कमीले अलपत्र परेको र वैदेशिक रोजगारीका लागि मापदण्ड तोकिनुपर्ने, ओरेनटेसनको आवश्यकता रहनुको साथै सिपबिनाका कामदार नपठाउन आग्रह गर्दै अलपत्र परेका नेपाली उद्धार स्वास्थ्य ढलौटी रकम हस्तान्तरण ढिलाइ रहेको , र माग प्रमाणीकरण पूर्व मेनपावरसँगै ढलौटी राख्नु पर्ने नियम लागू हुनुपर्नेमा जोड दिनुको साथै मृतक नेपालीको शव स्वदेश फिर्तामा ढिलाई हुनुको कारण साउदीको धेरै प्रक्रिया र नियम रहेको र मृतकको इन्स्योरेन्स रकम उपलब्ध गराउने भएकाले शव लगभग १ महिना लाग्ने गरेको जानकारी गरेको छ।

    प्रकाशित मिति :श्रावण १२ २०८१ शनिवार - २०:२५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij