Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

'अमरज्योति'को ६२ औँ अङ्क लोकार्पण सम्पन्न

'अमरज्योति'को ६२ औँ अङ्क लोकार्पण सम्पन्न


  • 4.1K
    Shares

    'अमरज्योति'को ६२ औँ अङ्क लोकार्पण सम्पन्न

    नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले 'अमरज्योति साहित्यिक त्रैमासिक'को ६२ औँ अङ्क (समालोचना विशेषाङ्क)-२०८१ यही साउन ११ गते शुक्रबार एक विशेष कार्यक्रमबीच राजधानीमा लोकार्पण गरिएको छ ।

    उक्त कार्यक्रममा समाजका पदाधिकारीहरूलाई  आमन्त्रित स्रष्टा/ समालोचकहरूसँग साक्षात्कार गराइयो ।

    कार्यक्रममा विशेष वक्ताका रूपमा आमन्त्रित  समालोचक डा.नेत्र एटमले 'समकालीन नेपाली समालोचनाको मूलभूत प्रवृत्ति र भावी मार्गचित्र'का विषयमा आफ्नो मन्तव्य राख्दै वर्तमान नेपाली समालोचना कृतिको सप्रसङ्ग व्याख्यामा सीमित हुँदै गएको जस्तो देखिएको राय व्यक्त गरे । उनले सांस्कृतिक इतिहासका सापेक्षतामा कृतिको मूल्याङ्कन गर्नेतर्फ  समालोचकहरू केन्द्रित हुनुपर्ने र समालोचनाले पाठकको दृष्टिकोण फराकिलो पार्न सक्नु पर्ने धारणा अभिव्यक्त गरे ।

    विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल 'शब्दसेना'ले  'भौतिक र भावात्मक बिजुलीको एकसाथ प्रवर्द्धन: हाम्रो अभियान' भन्ने  मूल नारालाई साकार रूप दिन विद्युतकर्मी साहित्यिक समाज  प्रतिबद्ध रहेको विचार प्रकट गरे । उनले निरन्तर नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा सिद्धहस्त समालोचकहरूको समालोचनात्मक आलेखलाई सङ्गृहीत गरी समालोचना विशेषाङ्क प्रकाशन गरिएको बताए ।  स्रष्टा तथा समालोचकहरूलाई एकै ठाउँमा भेला गराई सामूहिक रूपमा पत्रिका विमोचन गर्ने सोचले  कार्यक्रमको नयाँ  ढाँचा तयार गरिएको अवगत गराउँदै रिमाललेआमन्त्रित अभ्यागतहरूलाई न्यानो स्वागत गरे ।

    समारोहमा समालोचना विशेषाङ्कका लागि समालोचनात्मक लेख उपलब्ध गराउने समालोचकहरूमध्ये उपप्राध्यापक अनुपमा रेग्मी, उप- प्राध्यापक आर.एम. डङ्गोल, डा.कौशिला रिसाल, ठाकुर बेलवासे, ठाकुर शर्मा भण्डारी, तेजविलास अधिकारी,  प्रा.डा. भागवत ढकाल, डा.मधुसूदन गिरी, मुकुन्दप्रसाद प्रसाईं, वासुदेव गुरागाईँ र  उप-प्राध्यापक हेमबहादुर भण्डारीको समुपस्थिति रहेको थियो । 

    त्यस्तै सो विशेषाङ्कमा समावेश भएका समालोचित कृतिका सर्जकहरूमध्ये विष्णुबहादुर सिंह, रामेश्वर राउत 'मातृदास', मातृका पोखरेल, गङ्गाप्रसाद भेटुवाल, दामोदर पुडासैनी 'किशोर' आदिका साथै साहित्यकार विन्दु शर्माको पनि उक्त कार्यक्रममा सहभागिता रहेको थियो।

    उक्त समारोहमा आयोजक संस्था विद्युतकर्मी साहित्यिक समाजको सातौँ कार्यसमितिका पदाधिकारीहरू- कृष्णदेव रिमाल 'शब्दसेना',  शारदादेवी भट्टराई पोखरेल, विष्णु आचार्य 'अतृप्त', मुकुन्दप्रसाद प्रसाईं, आविष्कार कला, बलराम पुडासैनी, रीता चालिसे खनाल, अनिल पौडेल र रामराजा ओझाको उपस्थिति रहेको थियो ।

    यस अघि 'तीन तियाँ' , 'गजल मुशायरा', 'पुस्तकसँग पाठक', 'बहुभाषिक काव्यगोष्ठी'  'लेखन प्रशिक्षण कार्यशाला', 'पर्यटन साहित्य',  'त्वदियं वस्तु गोविन्द तुभ्ययमेव समर्पणम्'  लगायत विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको अवगत गराउँदै विद्युतकर्मी साहित्यिक समाजका पदाधिकारीहरूलाई वरिष्ठ स्रष्टा/ समालोचकहरूसँग साक्षात्कार गराउने उद्देश्यले यसपटक केही पृथक  कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव एवम् कार्यक्रम संचालक विष्णु आचार्य 'अतृप्त'ले उल्लेख गरे । 

    Messenger_creation_512a93db-9204-427d-9c95-0cb51487aba8 (1).jpeg

    प्रकाशित मिति :श्रावण १२ २०८१ शनिवार - ०९:४५:५८ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij