Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मौद्रिक नीति

६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न यस्ता छन् मौद्रिक नीतिका ५ रणनीति

६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न यस्ता छन् मौद्रिक नीतिका ५ रणनीति


  • 2.4K
    Shares

    ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न यस्ता छन् मौद्रिक नीतिका ५ रणनीति
    images

    काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । वित्त नीति (बजेट) ले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गरी लचिलो मौद्रिक नीति लिएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । 

    यस्ता छन् रणनीति

    –नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अङ्कुशको रूपमा यथावत् राखिएको छ ।

    –मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न 

    नदिने गरी मौद्रिक व्यवस्थापन गरिनेछ ।

    –कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम

    गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ ।

    –भारतीय  औसत अन्तर बैङ्क दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा यथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनमार्फत यसलाई नीतिगत दरकै हाराहारीमा कायम गरिनेछ ।

    –आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेटमा अनुमान गरिए बमोजिम ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिनेछ । आर्थिक वर्ष २०८१/८२ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ ।

    प्रकाशित मिति :श्रावण ११ २०८१ शुक्रवार - १२:४२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij