काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबार सुन तोलाको ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि विहीबार सुनको मूल्य तोलाको १ लाख ४५ हजार रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 
                     
                         
                                             
                                                     
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                    
 
                         
                         
                        