२०८२ माघ १० गते शनिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो।
प्रवक्ता डा. भागवत आचार्यका अनुसार, बिहान ११ बजे सञ्चालक समितिको बैठक बोलाइएको छ र दिउँसो ४ बजेभित्र नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।
अघिल्लो सप्ताह प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाको ब्रिफिङका कारण मौद्रिक नीति सार्वजनिक गर्ने योजना एक हप्ता पछाडि धकेलिएको थियो। केन्द्रीय बैंकले मौद्रिक नीति लचिलो बनाउने र आर्थिक मन्दीलाई सुधार गर्ने दबाबमा रहेको छ।
नेपाल राष्ट्र बैंकले १३ जेठदेखि विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन गरेको थियो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि आगामी नीति निजी क्षेत्र र लगानीको वातावरणलाई सहज बनाउने संकेत दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij