Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

उत्पादनमुलक उद्योगहरुको मागमा थप संकुचन

उत्पादनमुलक उद्योगहरुको मागमा थप संकुचन


  • 2.2K
    Shares

    उत्पादनमुलक उद्योगहरुको मागमा थप संकुचन
    images

    काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको छ ।

    नेपाल उद्योग परिसंघ (सीएनआई) ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो । 

    गत वर्ष अघिल्ले वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामुलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने २.६४  प्रतिशतले मागमा कमी आएको देखिएको छ ।

    यस अवधिमा उद्योगहरुको आयमा समेत ह्रास आएको पाईएको छ | सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.८७ प्रतिशतले आय घटेको जनाएका छन् ।

    यो भन्दा अघिल्लो  त्रैमासमा पनि १.८७ प्रतिशतले आयमा ह्रास  आएका जनाएका थिए । माग र राजश्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कूल उद्योगहरुमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत जनाएका छन् । 

    उद्योगीहरुले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको छ । यस सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगहरुले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् । यसले उत्पादन लागतमा १२.८९% ले वृद्धि भएको पनि जनाइको छ । 

    सर्वेक्षणका सहभागी उद्योगहरुले आफ्नो कुल चालु पुँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा २. ७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११.२८ रहेको जनाइएको छ । 

    प्रकाशित मिति :श्रावण १० २०८१ बिहिवार - ०७:१९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij