Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

दोलखा भीमसेनको शिलामा फेरि आयो पसिना, पसिना आउँदा यस्तो अनिष्ट हुने जनविश्वास

दोलखा भीमसेनको शिलामा फेरि आयो पसिना, पसिना आउँदा यस्तो अनिष्ट हुने जनविश्वास


  • 8.3K
    Shares

    दोलखा भीमसेनको शिलामा फेरि आयो पसिना, पसिना आउँदा यस्तो अनिष्ट हुने जनविश्वास
    images

    काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा पसिना आएको छ । आज (बुधबार) ११ बजेदेखि करिब साढे २ घण्टासम्म भीमसेनको शिलामा पसिना आएको बताइएको छ । यसअघि गत साउन ५ गते पनि भीमसेनको शिलामा पसिना आएको थियो ।

    भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार भीमसेनको शिलाको बाँया भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ । मेयर माननन्धरका अनुसार वि।सं।१९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ र २०८१ साउन ५ गते शिलाको बाँया भागबाट पसिना आएको थियो ।

    यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ । भीमसेनलाई आएको पसिनाले ती घटनाहरुको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको मेयर मानन्धरले बताए ।

    ‘भीमसेनको शिलामा पसिना आउँदा शुभ हुने संकेत पनि छ, अनिष्ट हुने संकेत पनि मानिन्छ । शिलाको बाँयाबाट पसिना आउँदा अनिष्टको संकेत, दाँयाबाट आउँदा शुभ संकेतको जनविश्वास छ । साउन ५ गते शिलाको बाँयाबाट पसिना आएको थियो । आज शिलाको शिर हुँदै मध्य भागसम्म पसिना आएको छ, ।

    भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो । गणतन्त्रपछि त्यो परम्परा छोडिएको छ । गणतन्त्रपछि भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहेको छ ।

    प्रकाशित मिति :श्रावण ९ २०८१ बुधवार - १५:४९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij