२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पछिल्लो ६ दिनमा भारतबाट आएका ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय सीमा नाकामा रहेको हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । भारतमा संक्रमण दर बढ्दै गएपछि सरकारले सीमा नाकामा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाएको हो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार एन्टिजेन पोजेटिभ देखिएकाको पिसिआर परीक्षण पनि गरिएको बताए । पिसिआर पोजेटिभ देखिएका केहीको जिन सिक्वेन्सिङ माध्यमबाटसमेत परीक्षण गरिने उनले बताए ।
'पिसिआर पोजेटिभ आएकामध्ये केहीको जिनसिक्वेन्सिङ समेत गर्ने तयारीमा छौँ । पछिल्लो समय भारतमा नयाँ भेरियन्टहरू देखिइरहेको छ । त्यसैले पिसिआर पोजेटिभ आउने केहीको हामीले जिन सिक्वेन्सिङ गरेर नयाँ भेरियन्ट हो होइन भनेर परीक्षण गर्ने निर्णय गरिएको हो ।'
सरकारले भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली, उत्तरप्रदेश लगायतका राज्यहरुमा कोरोना संक्रमण बढेपछि त्यस क्षेत्रबाट आएका नागरिकलाई प्राथमिकताका आधारमा स्क्रिनिङ गर्न निर्देशन दिएको छ ।
पछिल्लो समय भारतसँग सिमा जोडिएका १४ वटा स्थल नाकामा हेल्थ डेस्क राखेर परीक्षणको कार्यसमेत अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती नाकाबाट नेपाल भित्रने हरेक व्यक्तिलाई १० वटाका दरले सर्जिकल मास्कसमेत उपलव्ध गराउँदै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij