Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वीरगन्जका शैक्षिक संस्थाहरु बन्द नहुने

वीरगन्जका शैक्षिक संस्थाहरु बन्द नहुने


  • 9.1K
    Shares

    वीरगन्जका शैक्षिक संस्थाहरु बन्द नहुने

    वीरगन्ज । देशैभर बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै सरकारले शनिबार सम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि वीरगन्जका शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् ।

    वीरगन्जमा , देशका अन्य स्थान जस्तै वायु प्रदूषणको प्रतिकुल असर नपरेकोले वीरगन्जका सामुदायिक र निजि विद्यालयहरु बन्द नगर्ने वीरगञ्ज महानगरपालिकाले निणर्य गरेको हो ।

    वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले यहाँका विद्यालय बन्द गर्नुपर्ने आवश्यकता नदेखिएकोले यस्तो निर्णय गरिएको बताउनुभयो ।

    सरावगीले काठमाडौँलगायत देशका अन्य स्थान जस्तै वायु प्रदूषणले गर्दा घर बाहिरै ननिस्किनु पर्ने अवस्था अहिले वीरगञ्जमा सृजना नभएकोले पठनपाठन सुचारु राख्न निर्णय गरिएको जानकारी दिनुभयो ।

    वायु प्रदूषणको प्रभाव वीरगञ्जमा नभएका कारण बिद्यालय संचालन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले आज सम्म प्रदेश २ सरकारले होली पर्वको विदा दिएको कारणले बुधबार देखि नियमित समयमा विद्यालय सञ्चालन गर्न आग्रह गरिसकिएको बताउनुभयो ।

    विद्यालय सञ्चालन गर्दा अनिवार्य रुपले विश्व स्वास्थ्य सङ्गठनले निर्देशित गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १४:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij