Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

भारतले घटायो सुन र चाँदीको भन्सार शुल्क

भारतले घटायो सुन र चाँदीको भन्सार शुल्क


  • 2.0K
    Shares

    भारतले घटायो सुन र चाँदीको भन्सार शुल्क
    images

    काठमाडौँ । भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने घोषणा गरेको छ ।

    वित्त वर्ष २०२४/२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार सार्वजनिक गरेको बजेटमा यस्तो घोषणा गरिएको हो ।

    बजेट भाषणमा भनिएको छ, ‘सुन र बहुमूल्य धातुमा आन्तरिक मूल्य अभिवृद्धि गर्न सुन र चाँदीमा भन्सार घटाउने प्रस्ताव गरिएको छ ।’ प्रस्तावित भन्सार दर सुन र चाँदीमा ६ प्रतिशत कायम गर्ने उल्लेख छ ।

    यसले भारतभित्र सुन र चाँदीको मूल्य अहिलेको तुलनामा कम हुने छ । हाल भारतीय बजारमा सुनको भाउ प्रति १० ग्राम ७३ हजार ५८० भारु (१ लाख १७ हजार ७२८ रुपैयाँ)  छ । नेपाली बजारमा भने प्रति १० ग्राम सुनको भाउ १ लाख २५ हजार ४३० रुपैयाँ छ ।

    अहिले नै नेपाल र भारतमा सुनको मूल्यान्तर प्रति १० ग्राममा ७ हजार ७०२ रुपैयाँ छ । अब भारतमा भन्सार दर घटेपछि सुनको भाउमा नेपालसँगको अन्तर अझ धेरै हुनेछ । यसले भारतीय बजारमा तस्करी घटाउन सक्ने छ भने नेपालमा थप बढ्न सक्नेछ ।

    बजेटले मोबाइल फोनको चार्जर, बिजुलीको तार र एक्सरे मेसिनको समेत मूल्य कम हुने गरी नीति ल्याएको वित्तमन्त्री सीतारमणले जनाएकी छिन् ।

    भारतले नेपालको छिमेकी मुलुक बिहार र आन्द्र प्रदेशलाई अधिक प्राथमिकता दिएर बजेट ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारमा मात्र ३ एक्सप्रेस वे बनाउने घोषणा गरिएको छ ।

    प्रकाशित मिति :श्रावण ९ २०८१ बुधवार - ०६:४०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij