२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । बंगलादेशबाट नेपाल फर्कने नेपाली विद्यार्थीको संख्या एक हजार ३०० सय नाघेको छ । बंगलादेशमा हिंसात्मक आन्दोलन बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका हुन् ।
हिजो सोमबार मात्रपरराष्ट्र मन्त्रालयका अनुसार, ढाकास्थित नेपाली दूतावासको समन्वयमा १२६ नेपालीलाई स्वदेश फकाईएको थियो । सोमबार ११४ विद्यार्थी सडकमार्ग हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आएका हुन् ।
बंगलादेशमा कोटा प्रणाली हटाउन माग गर्दै विद्यार्थी आन्दोलनरत छन् । आन्दोलन हिंसात्मक बन्दा त्यहाँ १०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij