Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपालले एक वर्षमा गर्‍यो पौने तीन अर्बको छुर्पी निर्यात

नेपालले एक वर्षमा गर्‍यो पौने तीन अर्बको छुर्पी निर्यात


  • 1.5K
    Shares

    नेपालले एक वर्षमा गर्‍यो पौने तीन अर्बको छुर्पी निर्यात
    images

    काठमाडौं । नेपालले एक वर्षमा  ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ निर्यात गरेको छ ।

    नेपालले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरेको हो ।

    नेपालले आर्थिक वर्ष २०८०/८१ भर कुल १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । नेपालबाट विदेशमा वस्तु निर्यात गर्नेको तालिकामा डग च्यू १३ औँ नम्बरमा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि नेपालबाट बढी निर्यात हुने वस्तुहरूको तालिकामा डग च्यू १३ औँ नम्बरमा रहेको थियो ।

    आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो ।

    नेपालबाट सबैभन्दा बढी कुकुरलाई खुवाउने आहार ‘डग च्यू’ निर्यात अमेरिकामा हुने गरेको छ । डग च्यू विदेशी मुलुकहरूमा कुकुर बिरालोको आहाराका रूपमा निर्यात गर्ने गरिन्छ । नेपालबाट निर्यात हुने वस्तुमा अहिले सबैभन्दा राम्रो बजार र चर्चा ‘डग च्यू’ले नै कमाई रहको छ । छुर्पी व्यापारीहरूले पनि नेपालबाट हुने निर्यातले निकै राम्रो वृद्धि लिने आंकलन गरेका छन् ।

    प्रकाशित मिति :श्रावण ८ २०८१ मंगलवार - १२:२७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij