२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
सोमबार तोलामा १ हजार ७ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij