Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छ : सांसद पुन

मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छ : सांसद पुन


  • 1.9K
    Shares

    मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छ : सांसद पुन
    images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले मौद्रिक नीति नीजि क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताएका छन् । 

    सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताएका हुन् । 

    उनले घरजग्गा कारोबार र शेयर कारोबारमा रहेका अफ्ठ्याराहरुलाई फुकाउनुपर्ने बताए । उनले लगानीयोग्य पुँजी बैंकहरुमा थुप्रिएर बसेको भन्दै मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने बताए । उनले नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेपमा गर्नु नहुने बताए । 

    उनले मौद्रिक नीति सरकारले लिएको वित्तीय नीतिलाई समर्थन गर्नेगरी आउनुपर्ने बताए । उनले मौद्रिक नीतिमा कुनै स्वार्थ समूह हाबी हुन नहुने पनि बताए । 

     

    प्रकाशित मिति :श्रावण ८ २०८१ मंगलवार - ०७:२१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij