Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखियो : पूर्वअर्थमन्त्री महत

दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखियो : पूर्वअर्थमन्त्री महत


  • 1.8K
    Shares

    दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखियो : पूर्वअर्थमन्त्री महत
    images

    पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले–काँगेस दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताएका छन् ।

    सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए । 

    उनले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने बताए । उनले माग भन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । 

    उनले मौद्रिक नीतिले अर्थतन्त्रमा सहजता सिर्जना गर्ने गरी ल्याउनुपर्ने बताए । उनले मौद्रिक नीतिमा रिफर्म गर्नसक्ने ठाउँहरुमा रिर्फम गरेर ल्याउनुपर्नेमा जोड दिए ।

    पूर्वअर्थमन्त्री महतले शेयर बजार,जग्गा कारोबार लगायत क्षेत्रमा कर्जा प्रवाहको लागि सिमाहरु कायम राखेर गरेको माइक्रोम्यानेजमेण्टलाई विचार गर्नु आवश्यक रहेको बताए । 

    बैंकको ब्याजदरमा सहजता आएको बताउनु हुँदै शेयर बजार र घरजग्गा कारोबारमा रहेका सिमाहरुलाई खुकुलो गर्नुपर्ने बताए । उनले कर्जामा अनउत्पादन क्षेत्र भनेर लगाएको सीमामा पनि पुनःविचार गर्न आवश्यक रहेको बताए ।

    प्रकाशित मिति :श्रावण ८ २०८१ मंगलवार - ०७:१७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij