२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ मा ११ हजारभन्दा धेरै विद्युतीय गाडी नेपाल भित्रिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक आर्थिक बर्ष ०८०/८१ मा ११ हजार ७ सय १ वटा विद्युतीय गाडी (विद्युतीय कार, जिप र भ्यान) आयात भएको हो ।
एक बर्षको अवधीमा २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँको विद्युतीय गाडी आयात भएको छ जसबाट १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
समीक्षा अवधीमा ५१ देखि १०० किलोवाट मोटरका मात्रै छ हजार ८८५ वटा गाडी आयात भएका छन् । त्यस्तै ५० किलोवाट सम्मका चार हजार ५ सय ७१ वटा, १०१ देखि २०० किलोवाटसम्मका २ सय १७ वटा , २०१ देखि ३०० किलोवाटसम्मका २७ वटा र ३०१ किलोवाट माथीको एउटा गाडी आयात भएको छ।
विभागका अनुसार गत वर्षभन्दा यो वर्ष तीन गुण धेरै विद्युतीय गाडी आयात भएको छ । आर्थिक वर्ष २०७९–्८० मा कुल चार हजार ५० वटा मात्र विद्युतीय कार, जिप र भ्यान आयात भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij