२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गोरखाको भिमसेनथापा गाउँपालिकाले आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिने भएको छ ।
सोमबार सूचना जारी गर्दै नेपालमा प्रथम मुख्तियार जनरल भीमसेन थापाको २५० औं जन्मजयन्तीको अवसरमा पालिकाले आगामी साउन ९ गते बुधवार सार्वजनिक विदा दिन लागेको हो । सो अवसरमा पालिकाभित्रका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय, संघसंस्थाका कार्यालयहरु बन्द रहने सूचनामा जनाइएको छ ।
सोही दिन भिमसेन थापाको शालिक रहेको स्थान भिमसेनथापा गाउँपालिका-८ चण्डेश्वरीमा बिहान ८ बजे भेला भएर उनको शालिकामा माल्यार्पण गर्ने कार्यक्रम रहेको समेत गाउँकार्यपालिकाको कार्यालयले जनाएको छ ।
सोही अवसरमा भिमसेनथापा गाउँकार्यपालिकाको कार्यालयमा रहेको शहिद स्तम्भ, बेपत्ता स्तम्ह, भीमसेन थापा स्तम्भ अनावरण गर्ने कार्यक्रम समेत रहेको छ । उक्त दिन सार्वजनिक बिदा दिइएकोले सम्पूर्ण पालिकाबासी लगाएत सबैलाई कार्यक्रममा उपस्थित हुनुहुन पनि पालिकाले अनुरोध गरेको छ ।
वि सं १७१८ मा जन्मिएका नेपालमा प्रथम मुख्तियार जनरल भीमसेन थापाको वि सं १७८२ मा निधन भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij