Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दुबईमा सडक दुर्घटना हुँदा मोरङकी अनिताको मृत्यु

दुबईमा सडक दुर्घटना हुँदा मोरङकी अनिताको मृत्यु


  • 2.5K
    Shares

    दुबईमा सडक दुर्घटना हुँदा मोरङकी अनिताको मृत्यु

    दुबई । संयुक्त अरब इमिरेट्स ९युएई०को दुबईमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको ज्यान गएको छ ।

    दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीको मजदुर शिविरबाट बिहान कार्यस्थल जान सडक पार गर्ने क्रममा सडकमा हुइकिएको भ्यानले ठक्कर दिँदा सोही कम्पनीमा कार्यरत मोरङकी अनिता पाख्रिनको ज्यान गएको हो।

    मोरङ पथरीकी २८ वर्षीय अनिता ३ वर्ष पहिले युएई आएकी हुन् ।

    साउन १ गते बिहान ५ बजे काममा जान कम्पनीको मजदुर क्याम्पबाट निस्किएर सडक पार गर्ने क्रममा भ्यानको ठक्करले घटनास्थलमै ज्यान गएको कम्पनीले जनाएको छ । पारिवारिक समस्याका कारण ३ सन्तानको पेट पाल्नैका लागि दुबई पुगेकी अनिताको सपना तुहिएको छ ।

    मृतकको शव अहिले दुबईको स्थानिय अस्पतालमा राखिएको र कानुनी प्रकृया पुरा गरेर शव नेपाल पठाउने कम्पनीले जनाएको छ ।

    दुर्घटनामा परी नेपाली महिलाको ज्यान गएको बारे नेपाली दुतावासलाई अनौपचारिक जानकारी प्राप्त भएको दुतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले जानकारी दिए ।

    मृतक अनिताको शव नेपाल पठाउने सम्बन्धमा कम्पनीसँग समन्वय गरेर कानुनी प्रकृया पुरा गरी शव नेपाल पठाउने अबुधावीमा रहेको नेपाली दुतावासले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ४ २०८१ शुक्रवार - ११:२१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij