Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अर्थतन्त्र

शुक्रबार सार्वजनिक गरिने भनिएको मौद्रिक नीति रोकियो

शुक्रबार सार्वजनिक गरिने भनिएको मौद्रिक नीति रोकियो


  • 2.4K
    Shares

    शुक्रबार सार्वजनिक गरिने भनिएको मौद्रिक नीति रोकियो
    images

    काठमाडौं । आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति राष्ट्र बैंकले रोकेको छ। 

    नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१र८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर रोकेको हो। 

    राष्ट्र बैंकका एक अधिकारीका अनुसार प्रधामन्त्रीका विकास सल्लाहकारमा डा। युवराज खतिवडा आएपछि मौद्रिक नीति रोकिएको हो। उनले मौद्रिक नीतिमा थप छलफल हुनुपर्ने बताएका कारण रोकिएको हो। 

    राष्ट्र बैँकले बिहीबार मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्रीलाई ब्रिफिङ गराइएको थियो। सोही अनुसार शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक राखेर दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक भएको थियो। 

    डा. खतिवडाले मौद्रिक नीति रोक्न आफूले निर्देशन नदिएको बताए । यद्यपि, नयाँ बनेको सरकारले आफ्ना कुराहरु समावेश गर्न चाहनु स्वभाविक हुने उनको प्रतिक्रिया छ ।

    राष्ट्र बैंकका अनुसार मौद्रिक नीति आगामी साता भित्रै ल्याउने गरी तयार भइरहेको छ।

    प्रकाशित मिति :श्रावण ४ २०८१ शुक्रवार - १०:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij