Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कर्णालीका मुख्यमन्त्रीको दुईवटा घर, ३३ लाख बचत, ४५ लाख ऋण

कर्णालीका मुख्यमन्त्रीको दुईवटा घर, ३३ लाख बचत, ४५ लाख ऋण


  • 2.1K
    Shares

    कर्णालीका मुख्यमन्त्रीको दुईवटा घर, ३३ लाख बचत, ४५ लाख ऋण

    काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले बिहीबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरूको सम्पत्ति विवरण सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका  मुख्यमन्त्री कँडेलले ४ भैरवस्थान र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका(६ मा गरी दुईवटा घर रहेको खुलाएका छन् । सुर्खेतको घरलाई उनले पुर्खौली भनेका छन् भने काठमाडौंको घर विगतको बैंक मौज्दात, आफ्नो, श्रीमती र छोरीहरूको पारिश्रमिकबाट किनेको उल्लेख गरेका छन् । काठमाडौंको घर कँडेलकी पत्नी गीता अधिकारीको नाममा छ ।

    कँडेलको काठमाडौंको मूलपानीमा एउटा र सुर्खेतको वीरेन्द्रनगरमा ४ वटा घडेरी छ । सुर्खेतको घडेरीहरू पुर्ख्यौली भएको र काठमाडौंको ८ आना जग्गा पछि किनेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । कँडेलले आफूसँग भएको सुन पुर्ख्यौली र पछि खरिद गरेको सम्पत्ति विवरणमा जनाएका छन् ।

    मुख्यमन्त्री कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ । उक्त रकमको स्रोत पारिश्रमिक, घर भाडा, बोनस र सापटी फिर्ताबाट उठेको उल्लेख गरेका छन् ।

    मुख्यमन्त्री कँडेलले र पत्नी गीताको नाममा ललितपुर र सुर्खेतका सहकारी, कलेज र विभिन्न वित्तीय संस्थाहरू सहित ८ ठाउँमा शेयर भएको सम्पत्ति विवरणमा देखाएका छन् ।

    कँडेलले श्रीमतीको पेसाबारे पनि खुलाएका छैनन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख गरेका छन् । मुख्यमन्त्री कँडेलसँग २ वटा मोबाइल, एउटा ट्याब्लेट, दुईवटा घडी र एउटा ल्यापटप रहेको उल्लेख गरेका छन् ।

    प्रकाशित मिति :श्रावण ३ २०८१ बिहिवार - १४:५२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij