Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आर्थिक वर्षको अन्तिममा घरजगगाको कारोबार घटेपनि सामान्य बढ्यो राजस्व संकलन ! 

आर्थिक वर्षको अन्तिममा घरजगगाको कारोबार घटेपनि सामान्य बढ्यो राजस्व संकलन ! 


  • 2.0K
    Shares

    आर्थिक वर्षको अन्तिममा घरजगगाको कारोबार घटेपनि सामान्य बढ्यो राजस्व संकलन ! 
    images

    काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिनामा घरजग्गा कारोबार घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष (आव) को अन्तिम महिना असारमा जेठ महिनाको तुलनामा देशभरको घरजग्गा कारोबारमा कमी आएको हो ।

    आव ०८०/८१ को अन्तिम महिना अर्थात् असारमा ४६ हजार १७९ वटा लिखत पारित भएको छ । यो गत वर्ष सोही महिनाको तुलनामा सामान्य बढेको हो । गत वर्ष असारमा पनि देशभर ४४ हजार चार सय ८५ संख्यामा घरजग्गा कारोबार भएको थियो । 

    तर, एकै आर्थिक बर्षको जेठको तुलनामा भने असारमा कारोबार ३२.४४ प्रतिशतले घटेको हो । जेठमा देशभरबाट ६१ हजार १ सय ६१ संख्यामा घरजग्गा कारोबार भएको थियो । 

    विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आव ०८०/८१ को माघ महिना यता स्थिर जस्तै रहेको कारोबार जेठ महिनामा बढेको थियो । तर, आवको अन्तिम महिनामा भने घटेको छ । 

    व्यवसायीहरूको अनुसार असार र साउन महिना घरजग्गा किनबेचको लागि अफसिजन मानिने भएकाले असारमा कारोबार घटेको बताएको छन् । साथै, साउनमा पनि कारोबारले गति नलिने व्यवसायीहरूको भनाई छ । 

    यता, सरकारले पनि घरजग्गा कारोबारमा शिथिलता देखिएको र समग्र अर्थतन्त्रमै त्यसको प्रभावले आर्थिक गतिविधि संकुचन भएको भन्दै भदौ २०८० मा भूउपयोग नियमावली २०७९ मा पहिलो संशोधन गरेको थियो । 

    तर, जेठ २०७९ मा आएको भूउपभोग नियमावली केहि महिनामा नै संशोधन गरेर लचिलो नीति अपनाए पनि कारोबार भने निराशाजनक नै देखिएको छ । 

    सरकारले २०७९ जेठमा भूउपयोग नियमावली लागू गर्दै जग्गा कित्ताकाट कडाइ गरेपछि घरजग्गा कारोबार सुस्ताएको थियो । घरजग्गा व्यवसायीहरूले आव २०७९/८० लाई व्यवसायका लागि नराम्रो बर्ष रहेको बताउँदै आएका थिए । 

    तर, कित्ताकाट फुकुवा, बैङ्क तथा वित्तीय संस्थाहरूमा पर्याप्त मात्रामा तरलता (लगानीयोग्य रकम), घट्दो ब्याजदर, कर्जा प्रवाहमा सहजीकरणलगायतका व्यवस्था हुँदा पनि चालु आवमा पनि कारोबारमा सोचेजस्तो सुधार नआएको व्यवसायीहश बताउछन् ।

    कुन महिनामा कति भयो लिखत पारित ? 

    विभागका अनुसार गत आवको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६, असोज महिनामा ३९ हजार ८८१ र कात्तिक महिनामा २६ हजार ४६ सङ्ख्यामा घरजग्गाको लिखत पारित भएको थियो । 

    त्यस्तै, सोही आवको मंसिर महिनामा ४१ हजार ८५१, पुस महिनामा ४५ हजार २७५, माघ महिनामा ५० हजार ९२१, फागुन महिनामा ५० हजार ९९८, चैत महिनामा ५० हजार २५२ र वैशाख महिनामा ४९ हजार ७८२ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

    कुन महिनामा कति भयो राजस्व संकलन ? 

    सरकारले गत आवमा भएको घरजग्गा कारोबारबापत साउन महिनामा १ अर्ब ३ करोड ३१ लाख ३२ हजार ७८६, भदौ महिनामा १ अर्ब ९ करोड २९ लाख ४६ हजार ४२९, असोज महिनामा १ अर्ब ५६ करोड ९५ लाख २ हजार ९०७ र कात्तिक महिनामा ७७ करोड ९ लाख १६ हजार २७ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

    त्यस्तै सरकारले गत आवकै मंसिर महिनामा ९६ करोड ४५ लाख ४ हजार ८९७, पुस महिनामा १ अर्ब १० करोड ९ लाख ४० हजार ८२, माघ महिनामा १ अर्ब १९ करोड ९६ लाख ७३ हजार ३८३ र फागुन महिनामा १ अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व आम्दानी गरेको थियो ।

    सरकारले सोही आवको चैत महिनामा १ अर्ब ४६ करोड ९१ लाख ७ हजार १४२ र वैशाख महिनामा १ अर्ब ३९ करोड ९० लाख ८४ हजार ४३२ रुपैयाँ घरजग्गाका कारोबार बापत पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

    प्रकाशित मिति :श्रावण ३ २०८१ बिहिवार - ०६:३५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij