Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल एसबिआई बैंकद्वारा कञ्चनपुर भन्सार कार्यालयमा एक्सटेन्सन काउन्टर उद्घाटन, महेन्द्रनगर शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंकद्वारा कञ्चनपुर भन्सार कार्यालयमा एक्सटेन्सन काउन्टर उद्घाटन, महेन्द्रनगर शाखा स्थानान्तरण


  • 2.2K
    Shares

    नेपाल एसबिआई बैंकद्वारा कञ्चनपुर भन्सार कार्यालयमा एक्सटेन्सन काउन्टर उद्घाटन, महेन्द्रनगर शाखा स्थानान्तरण
    images

    काठमाडौं । नेपाल एसबिआई बैंक लि.ले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ ।

    उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंक लि.का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री राजनबाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए ।

    उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत श्री यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

    उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय/भन्सार सम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ ।

    साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका–०५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित४ नंम्बर गल्लीमा स्थानान्तरण गरी नयां परिसरबाट सेवा सुभारम्भ गरेको छ ।

    Image_Inauguration.jpg

    हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैड्ढीङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :श्रावण २ २०८१ बुधवार - २०:४४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij