२०८२ भाद्र १ गते आइतवार
जनकपुरधाम । मधेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिने भएको छ ।
मन्त्रालय बाँडफाँटमा सहमति नभएपछि कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएको हो ।
स्रोतका अनुसार कांग्रेसले अर्थसहित चार मन्त्रालय मागेको छ ।
तर मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ आफैं राख्ने अडान लिएका छन् ।
पटक पटक छलफल भएपनि मुख्यमन्त्रीले अर्थ दिन अस्वीकार गरेपछि कांग्रेस वर्तमान सरकारको विकल्प खोजेको छ ।
कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij