Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आजको राशिफल : २०८१ साउन २ गते (बुधवार)

आजको राशिफल : २०८१ साउन २ गते (बुधवार)


  • 9.5K
    Shares

    आजको राशिफल : २०८१ साउन २ गते (बुधवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । 

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । 

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । 

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । 

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । 

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप बढ्नेछ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । 

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । 

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। गोपनीयतामा ध्यान पुर्याउनुहोला । 

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् । यात्राको साइत भने जुर्न सक्छ । 

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :श्रावण २ २०८१ बुधवार - ०३:५९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij