२०८२ भाद्र १ गते आइतवार
गोरखा । भिमसेनथापा गाउँपालिकाले पालिका भित्रका कृषि सहकारीलाई कष्टम हायरीङ सेन्टरको उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
भिमसेनथापा गाउँपालिका कृषि सेवा शाखाको आयोजनामा आज पालिकाका ८ वटै वडामा भएका कृषि सहकारीलाई कष्टम हायरीङ सेन्टरको उपकरण हस्तान्तरण गरिएको हो । गत आर्थिक वर्ष ०८०/८१ को कुल २७ लाख १५ हजार २ सय ६ रुपैयाँको लागतमा कष्टम हायरीङ सेन्टरको उपकरण हस्तान्तरण गरिएको पालिकाले जनाएको छ ।
जस अन्तर्गत हाते टयाक्टर ४, मकै छोडाउने मेसिन ५, फुट स्प्रे १, ई स्प्रे २, जाव प्रान्टर ७, मोटर १, ब्रस कटर २, चाफ कटर १ र थ्रेसर १ रहेका छन् ।
पालिका भित्र रहेका माझथोक साना किसान कृषि सहकारी संस्था लि. वडा नं. – १, मेहेनती कृषि सहकारी संस्था लि.–२ , सृजनशील कृषि सहकारी संस्था लि.–३, प्रगतशील कृषि सहकारी संस्था लि.–४, बगुवा कृषि सहकारी संस्था लि.–५, अश्राङ कृषि सहकारी संस्था लि.– ६, उद्यमशील साना किसान कृषि सहकारी संस्था लि.–७ र वडा नं ८ स्थित श्रृजनशील बचत तथा क्रण सहकारी संस्था लि.उक्त उपकरण हस्तान्तरण गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij