Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल टेलिकमले ल्यायो मनसुन अफर, यस्ता छन् सस्तो मूल्यका आकर्षक प्याकेजहरू

नेपाल टेलिकमले ल्यायो मनसुन अफर, यस्ता छन् सस्तो मूल्यका आकर्षक प्याकेजहरू


  • 3.5K
    Shares

    नेपाल टेलिकमले ल्यायो मनसुन अफर, यस्ता छन् सस्तो मूल्यका आकर्षक प्याकेजहरू
    images

    काठमाडौं । नेपाल टेलिकमले  श्रावण १ गते देखि लागु हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न प्याक दिने भएको छ । जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको  १९९ रुपैयाँ देखि कम्बो प्याकेज पाउन सकिने छ  ।

    यस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोही अन्तर्गत कम्पनीले २९९ रुपैयाँ मा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएस सहितको कम्बो २९९ प्याक र  ४९९ रुपैयाँ मा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    कम्पनीका अनुसार प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अन लिमिटेड प्याक अन्तर्गत  ६९९ रुपैयाँमा अन लिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अन लिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अन लिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहलाई सुविधा थप गरी उक्त प्याकहरूलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ  ।

    डाटा प्याक अन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधि रहेका  २९ रुपैयाँ देखि ९९९ सम्मका १ जीबी देखि १०० जीबी सम्म रिसोर्स सहितका बिभिन्न आकर्षक डाटा प्याकहरू उपलब्ध हुनेछन् । पोस्टपेडमा भने ३७३ रुपैयाँ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुने प्रवक्ता किशोर कुमार भट्ट बताउँछन् ।

    कम्पनीले अन–नेट अर्थात् कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरू, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरुका साथै  ४९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अन लिमिटेड डाटा प्याकेज र ५९ रुपैयाँमा अन लिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अन लिमिटेड डाटा सहितको अन लिमिटेड नाइट कम्बो प्याक तथा १९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुविधा सहितको अन लिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ ।

    ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।

    ntc-mansung--e1721047941375.png

    प्रकाशित मिति :श्रावण १ २०८१ मंगलवार - ०५:५३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij