Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने


  • 2.3K
    Shares

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । 

    माओवादी केन्द्रको तर्फबाट बागमती सरकारको नेतृत्व गरिरहेका जम्कट्टेलले सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँगको छलफलपछि मुख्यमन्त्रीबाट राजीनामा नदिने बरु विश्वासको मत लिने टुंगोमा पुगेका हुन् । 

    उनले साउन ६ गते विश्वासको मत लिन लागेको जानकारी सहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।

    केन्द्रमा सत्ता समीकरणमा परिवर्तन भएसँगै नेकपा एमालेले असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा छन् ।

    २०७९ पुस २५ गते नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समीकरणबाट उनी मुख्यमन्त्री बनेका थिए ।

    केन्द्रको समीकरण अनुसार बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत रहेकोले उनले विश्वासको मत नपाउने निश्चित छ ।

    ११० सदस्यीय बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसन् पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।  

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - १९:१७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij