Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

शुुरु भयो माउन्टेन फ्लाइट, बुद्धको अफर एक टिकट खरिद गर्दा अर्को सित्तैमा

शुुरु भयो माउन्टेन फ्लाइट, बुद्धको अफर एक टिकट खरिद गर्दा अर्को सित्तैमा


  • 11.0K
    Shares

    शुुरु भयो माउन्टेन फ्लाइट, बुद्धको अफर  एक टिकट खरिद गर्दा अर्को सित्तैमा

    सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान ९माउन्टेन फ्लाइट० निकै आकर्षक मानिन्छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)का लागि स्वदेशी तथा विदेशी यात्रु निकै उत्साहित हुन्छन् । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान आजदेखि शुरु भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले बन्दाबन्दीको करिब आठ महिनापछि पर्वतीय उडान शुरु गरेको छ। 

    images.jpg

    1547793991_hCK1M_Mt._Everest.jpg

    कोभिड महामारीकाबीच बुद्धले आज बाट पर्वतीय उडान शुरु गरेको छ जसमा पहिलो उडानमा १८ नेपाली यात्रु थिए । पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । यसअघि बुद्धले अङ्ग्रेजी वर्ष सन् २०२० को मार्च १७ मा अन्तिम पर्वतीय उडान शुरु गरेको थियो । त्यसपछि नेपालमा कोभिड नियन्त्रणका लागि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो ।
        
    आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी बुद्धले आकर्षक छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गर्ने बताए ।  बुद्धले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिनेछ । पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरिएको कम्पनीले जनाएको छ |

    पर्वतीय उडान काठमाडौँबाट आवतजावत गरी एक घण्टाको समय हुनेछ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान शुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनःकाठमाडौँमा अवतरण हुन्छ । अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् ।    
    माउन्टेन फ्लाइटका लागि लकडाउन अघि नेपाली र भारतीयलाई रु आठ हजार ८२५ र अन्य मुलुकका नागरिकलाई १९७ अमेरिकी डलर भाडा लाग्ने गरेको थियो । 

    प्रकाशित मिति :मंसिर १३ २०७७ शनिवार - १९:०५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij